लोड हुँदैछ...

मेनु

रौतहट तनावबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल हुँदै

रौतहट तनावबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल हुँदै

काठमाडौं। केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बैठक बसिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ ।

बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।

मधेश प्रदेशको गौरमा दुई समुदायबीच विवाद बढेपछि उत्पन्न तनावबारे गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति बैठक बोलाएर छलफल गरेका हुन् ।

बैठकमा गृहमन्त्री अर्यालसहित चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति छ । बैठकका निर्णयबारे केहीबेरमा जानकारी गराउने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।