काठमाडौँ ।आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा रहेको नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्दैछ। भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे मैदानमा हुने यो खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ।
प्रतियोगिताको अघिल्ला तीनवटै खेलमा पराजित भएको नेपाल अहिलेसम्म अंकविहीन छ। समूह‘‘सी’ बाट स्कटल्यान्ड र इंग्ल्यान्डले यसअघि नै सुपर आठमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। स्कटल्यान्ड र इटालीको समान दुई–दुई अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड अगाडि छ।
विश्वकपको यात्राबाट बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। अघिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेको नेपाली टोली आज स्कटल्यान्डलाई हराउँदै सुखद अन्त्य गर्ने र सान्त्वना जित निकाल्ने दाउमा छ।
विश्व क्रिकेटको केन्द्र मानिने मुम्बईको वानखेडे मैदानमा हुन लागेको यस खेललाई नेपाली समर्थकहरूले महत्वका साथ हेरेका छन्। स्कटल्यान्ड भने नेपाललाई पराजित गर्दै उच्च मनोबलका साथ सुपर आठमा प्रवेश गर्ने लक्ष्यमा रहनेछ।रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन ।
समूह सीमा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्यान्डसमेत ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल रहेको समूहबाट यी दुई टिम सुपर आठमा प्रवेश गर्दा इटाली, स्कटल्यान्ड र नेपाल बाहिरीसकेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।