सुनसरी । २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाईज युनाईटेड काठमाडौंले जितेको छ । साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइट युनाइटेडले उपाधि हात पार्न सफल भएको हो । जितसँगै बिजेता प्लानिङ ब्वाईजले १० लाख नगद रकम सहित ट्रफि हात पारेको छ । प्लानिङ ब्वाईज पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी भएको थियो ।
उपविजेता चर्च ब्वाईजले पाँच लाख रुपैयाँ र ट्रफिमा चित बुझायो । चर्च ब्वाईज गतसाल पनि उपविजेतमा चित बुझाउनु परेको थियो । धरान–१६ स्थित रंगशालामा शनिबार सम्पन्न फाईनल खेलमा प्लानिङ ब्वाईजका प्रताप सिङ राइले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने सोहि गोल नै निर्णायक गोल बन्यो ।
खेलको उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइज युनाइटेडका पुजन थापालाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडि प्लानिङ ब्वाईजको प्रताप सिङ राई भए । उनलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।