विराटनगर । प्रहरीले झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
झापाको गौरीगंज–२ मा मे १ ह ५६६७ नम्बरको अटो रिक्सालाई चेकजाँच गर्ने क्रममा म्याटमुनि लुकाइराखेको ६ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । सो घटनामा संलग्न अटो चालक दिल कुमार विश्वकर्मासहित अमन ताजपुरिया, दिपा परियार र पार्वती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्र–५ कालाबन्जार चोकबाट ९५ पिस प्रतिबन्धित औषधी र २ बोतल स्कुफसहित सुमित संजय गुप्ता पक्राउ परेका छन् । पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप कानुनी अनुसन्धान अगाडि बढाइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।