विराटनगर । एमाले नेता विनोद ढकाललाई पितृशोक, १०१ वर्षीय पिता बिष्णुप्रसादको निधन
विराटनगर । नेकपा एमालेका केन्द्रीय नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाललाई पितृशोक परेको छ। उनका पिता बिष्णुप्रसाद ढकालको १०१ वर्षको उमेरमा आज(बिहीबार)बिहान निधन भएको हो।
। उम्मेदवार ढकाल चुनावी अभियानमा व्यस्त रहेकै बेला आफ्ना पिता गुमाउनुपरेकोमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
उनको अन्त्येष्टि आजै गरिने पारिवारिक स्रोतले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।