लोड हुँदैछ...

मेनु

निर्वाचन आयोगले देशका सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम चलाउने

निर्वाचन आयोगले देशका सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम चलाउने

काठमाडौं । निर्वाचन आयोगले मतदान प्रक्रियालार्य सहज र सरल बनाउन देशभरका सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ६ हजार ७४३ वडाहरुमा यो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो ।

सोही सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुमगनकर्ताका रुपमा तोकेको थियो । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।