लोड हुँदैछ...

मेनु

कोशी प्रदेशसभाको अधिवेशन सुरु हुँदै

कोशी प्रदेशसभाको अधिवेशन सुरु हुँदै

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । आज दिउँसो २ बजेबाट प्रदेशसभा बैठक सुरु गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

कोशी प्रदेशसभा सचिवालयमा जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि ५ महिनापछि प्रदेशसभा बैठक बस्न लागेको हो । बैठक विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विरेन्द्र सभागृहमा सञ्चालन हुँदैछ ।

आजको बैठकको कायृसूचि सचिवालयले प्रकाशन गरिसकेको छैन । आजको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।