लोड हुँदैछ...

मेनु

सुनसरी निर्वाचन क्षेत्र नम्बर १

मनोज भट्टराईको अनुकरणीय शैली: सबैको सुझावमा साझा चुनावी प्रतिबद्धता

मनोज भट्टराईको अनुकरणीय शैली: सबैको सुझावमा साझा चुनावी प्रतिबद्धता

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने निर्वाचनमा क्षेत्रगत योजनाहरुको प्राथमिकता निर्धारण गर्न बहुसरोकार पक्षको भेला आयोजना गरेको छ । विभिन्न राजनीतिक दलसँग सम्बद्ध बौद्धिक व्यक्तिहरुबाट सुझाव लिएको हो ।

राजनीतिक दल तथा उम्मेदवारहरुले त्यस क्षेत्रमा गर्नुपर्ने काम तथा त्यहाँको स्थानीय आवश्यकताहरु पहिचान गर्दा त्यसलाई सबैले ग्रहण नगर्ने र एक पक्षीय हुने विगतको अनुभवलाई सच्याउन नेकपाले बहुपक्षीय सरोकारवालाहरुसँग सुझाव लिएको हो ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट सुनसरी क्षेत्र नम्बर १ बाट पूर्व वडाध्यक्ष मनोज भट्टराई उम्मेदवार छन् । उनको स्वभाव सामुहिकतामा चल्ने, सबैसँग मिल्ने र साझा धारणा बनाएर काम गर्ने भएका कारण उनले निर्वाचन क्षेत्रको प्रतिबद्धता पत्र बनाउन सामाजिक क्षेत्रका सबै पक्षसँग छलफल गर्ने पहल गरेका हुन् । यो पहल तथा साझा रुपमा चल्ने सोचलाई धरान लगायत त्यस क्षेत्रका बौद्धिक समुदायले सकारात्मक रुपमा लिएका छन् ।

अग्रज पत्रकार हर्ष सुब्बाले नेकपाले गरेको पहललाई सकारात्मक रुपमा लिँदै अनुकरणीय प्रयत्नको रुपमा लिएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुनसरी १ मा मनोज भट्टराई नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार हुन् । पार्टीले उनको स्थानीय प्रतिवद्धतापत्र तयार गर्न विविध क्षेत्रका सरोकारवालासँग आज बृहत् छलफल गर्यो । धरानको सबैक्षेत्रका विज्ञहरुलाई निम्तो गरी सुझाव लिने पद्धति अनुकरणीय मान्नु अन्यथा हुन्न ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।