आज नेपाल र इंग्ल्यान्ड भिड्दैस् बलियो टोलीलाई ‘अपसेट’ गर्ने दाउमा नेपाल
विराटनगर । आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालले आज क्रिकेटको महारथी टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्दैछ। प्रतियोगिताको सुरुवाती खेलहरूमा अन्य एसोसियट राष्ट्रहरूले टेस्ट टोलीलाई कडा टक्कर दिएर विश्व क्रिकेटलाई तरंगित बनाइरहेका बेला, नेपाल पनि पूर्व विश्वविजेता इंग्ल्यान्डलाई स्तब्ध पार्दै इतिहास रच्ने दाउमा मैदान उत्रन लागेको हो ।
नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिएका थिए । नेपाल पनि इंग्ल्यान्डजस्तो बलियो टोलीसँग खेल्दा केही न केही ‘स्पेशल’ गर्ने खोजीमा हुनेछ ।
हुन पनि इंग्ल्यान्ड एकाध खेलमा ‘सरप्राइजिङ’ हिसाबले नसोचेको टोलीसँग पराजित भइरहेको हुन्छ । नेपाली क्रिकेट टिमका पेस बलर सोमपाल कामीले विश्वकप खेल्न आउनुअघि इंग्ल्यान्डलाई नेपालले ‘अपसेट’ गर्न सक्ने समेत बताएका थिए ।
‘इंग्लयान्ड हरेक वर्ल्डकपमा कुनै न कुनै सरप्राइजिङ टोलीसँग हारेको हुन्छ,यसपटक नेपाल नै हुन पनि सक्छ’ उनले भनेका थिए । आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यही एउटा सरप्राइजको खोजीमा समेत हुनेछ ।
तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।
हेड टु हेड
नेपाल र इंग्ल्यान्ड हालसम्म टी-२०आईमा खेलेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग यो पहिलो भेट हुनेछ ।
इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँगको टी(२०आई शृंखला जितेर आएको छ । नेपालले मुम्बईमै भएको अभ्यास खेलमा एमसीए प्रेसिडेन्टलाई हराएको थियो भने क्यानडा र यूएईसँगको वार्म अप खेल जितेको थियो ।
नेपाल टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा हुनेछ भने इंग्ल्यान्ड आफ्नो दबदबा कायमै राख्ने दाउमा हुनेछ ।
यो समाचारको शीर्षक र लिड परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।