काठमाडौँ । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरु हुँदैछ। विश्वभरका २० टोली सहभागी हुने यस महाकुम्भको उद्घाटन खेल श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब ९एसएससी० क्रिकेट मैदानमा हुनेछ। उद्घाटन खेलमा आज बिहान सवा ११ बजे पाकिस्तान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै, आजै अन्य दुई खेलहरू पनि सञ्चालन हुनेछन्। दिउँसो सवा ३ बजे भारतको इडेन गार्डेनमा वेस्ट इन्डिज र स्कटल्याण्ड भिड्नेछन् भने साँझ सवा ७ बजे आयोजक भारतले मुम्बईको वानखेडे रङ्गशालामा अमेरिकाको सामना गर्नेछ।
नेपाली क्रिकेट टोलीले यसपटकको विश्वकपमा आफ्नो पहिलो खेल भोलि ९आइतबार० खेल्दै छ। नेपालले दुईपटकको विश्वविजेता टोली इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३स्१५ बजे सुरु हुनेछ। नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग भिड्ने तालिका छ।
प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन्। नेपाल रहेको समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। यसैगरी, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा रहेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।