लोड हुँदैछ...

मेनु

भ्रष्टाचार मुद्दामा क्यानका निलम्बित महानिर्देशक अधिकारी जेल चलान

भ्रष्टाचार मुद्दामा क्यानका निलम्बित महानिर्देशक अधिकारी जेल चलान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा जेल चलान भएका छन्। नलिञ्चोक हेलिपोर्ट निर्माणमा करोडौँ भ्रष्टाचार गरेको अभियोग लागेका अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै उनी कारागार चलान भएका हुन्।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार विशेष अदालतको आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो। यसअघि गत मङ्सिर २१ गते विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अधिकारी विरुद्ध मुद्दा दायर गरेको थियो। विशेषको थुन्ने आदेशविरुद्ध अधिकारीले सर्वोच्चमा ‘७३ नम्बर’ को निवेदन दिए पनि सर्वोच्चले उनलाई राहत दिन इन्कार गरेपछि उनी अब थुनामै रहेर कानुनी लडाइँ लड्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।