विराटनगर । माघ २५ गतेबाट कोशी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभाको पुरानो सभाहल जेनजी आन्दोलनमा आगजनी भएर ध्वस्त भएपछि विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहमा प्रदेश सभा सञ्चालन गर्ने निश्चित भइसकेको छ । त्यसका लागि कोशी प्रदेशसभा सचिवालय र विराटनगर महानगरपालिकाबीच ६ महिनासम्म भाडामा सञ्चालन गर्ने सम्झौता पनि भइसकेको छ । मासिक ८ लाख रुपैयाँमा महानगरले सभागृह प्रदेशसभा सचिवालयलाई भाडामा उपलब्ध गराउने छ ।
सभागृह भाडामा लिएसँगै माघ २५ गतेदेखि सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशन यसै भवनमा सञ्चालन हुनेछ । त्यसको लागि आवश्यक सेटअप तयार पार्न थालिएको छ । प्रदेशसभा सचिवालयबाट धमाधम फर्निचरहरु ल्याउने काम सुरु भएको छ । सभागृहको पछाडिका दुई वटा भवनहरुमा कार्यव्यवस्था परामर्श समिति लगायत अन्य आवश्यक शाखाहरुको अस्थायी संरचनाहरु रहनेछन् ।











प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।