लोड हुँदैछ...

मेनु

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक, ९७ वर्षीय पिता भोजप्रसादको निधन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक, ९७ वर्षीय पिता भोजप्रसादको निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा केही दिनयता जटिल समस्या देखिएपछि उनलाई काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान उनको निधन भएको प्रलोपाका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिएका छन् ।

दिवंगत भट्टराईको अन्त्येष्टि आजै (बिहीबार) पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । गोरखाको खोप्लाङ स्थायी घर भएका भोजप्रसाद पछिल्लो समय छोरा डा। बाबुराम भट्टराईसँगै काठमाडौँमा बस्दै आएका थिए ।

भट्टराईको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सुभचिन्तकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds