काठमाडौँ । काठमाडौँमा पछिल्लो समय चोरीका घटना चुनौतीपूर्ण बन्दै गएको बेला प्रहरीले एक करोडभन्दा बढीको चोरीमा संलग्न व्यक्तिलाई २४ घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको छ। बौद्धमा मंगलबार दिउँसो भएको ठुलो परिमाणको सुन चोरीमा संलग्न प्रेम थारुलाई प्रहरीले ‘इन्काउन्टर’ शैलीमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, आरोपीले प्रहरीलाई देख्नेबित्तिकै भाग्ने कोसिस गरेपछि बल प्रयोग गर्नुपरेको थियो। यो घटनाले एकातिर दिउँसै घरहरू असुरक्षित रहेको देखाउँछ भने अर्कोतिर अपराध गरेर उम्कन खोज्नेलाई प्रहरीले कडा कारबाही गर्ने संकेत दिएको छ। ३० तोला सुनको यो चोरी काण्डले उपत्यकाको सुरक्षा संवेदनशीलतामाथि पुनः प्रश्न उठाए पनि प्रहरीको तत्कालको सक्रियताले पीडितलाई न्यायको आशा दिलाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।