ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
पछिल्लो एक महिनाभित्र गाउँमा चार जनाको हत्या हुँदा समेत राज्य र सुरक्षा निकाय गम्भीर नभएको भन्दै स्थानीयले सामूहिक रूपमा नो–भोट अभियान अघि बढाउने निर्णय गरेका हुन् ।
भदौरेको बोहोरे टोलमा एक साताअघि ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको अज्ञात समूहले विभत्स हत्या गर्यो । उक्त घटनामा संलग्न हत्यारा हालसम्म पहिचान नभएको प्रहरीले बतायो । यसअघि करिब एक महिनाअघि सोही गाउँमा ६० वर्षीय सोभितमान थापा मगर र उनकी श्रीमतीको हत्या भयो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
लगातारका हत्या, लुटपाट र हिंसाका घटनाले गाउँमा त्रास बढेको भन्दै नागरिक भेलाले राज्य सुरक्षा दिन असफल भएको निष्कर्ष निकालेको हो । भेलामा कानुनी कमजोरीले अपराधीको मनोबल बढेको र सर्वसाधारण भय र मानसिक तनावमा बाँच्न बाध्य भएको नागरिकहरुको दाबी छ ।
भेलामा सहभागीले राति आफ्नै घरमा सुरक्षित सुत्न नसक्ने अवस्था आएको, सामूहिक रूपमा अरूको घरमा बस्नुपरेको र कतिपय परिवारले गाउँ नै छोडेको गुनासो गरे । यस्तो गम्भीर अवस्थामा पनि राज्य निरीह बनेको उनीहरूले आरोप छ ।
राज्यले अपराधीलाई कानुनी दायरामा ल्याएर सुरक्षा सुनिश्चित नगरेसम्म फागुन २१ को निर्वाचनमा मतदान नगर्ने निर्णय भेलाले सर्वसम्मत पारित गरेको हो । साथै व्यक्तिगत भेटघाटबाहेक कुनै पनि राजनीतिक सभा, जुलुस र भेलामा सहभागी नहुने निर्णयसमेत भएको छ ।
भदौरेको भेलाले सन्तोषकाजी कार्कीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिले पीडित परिवारलाई न्याय दिलाउन र सुरक्षाका लागि राज्यलाई दबाब दिँदै आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
दोषीहरू पक्राउ नपर्दासम्म अस्थायी क्याम्प स्थापना गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनाको संयुक्त टोली परिचालन गर्नुपर्ने उनीहरुको माग छ । वडा कार्यालयले पनि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै हत्यारा पक्राउ गर्न, पीडितलाई न्याय दिन र वडाका मुख्य चोक तथा सडकमा सीसी क्यामेरा जडान गर्न माग गरेको छ । वडाध्यक्ष बलराम कटवालले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
भदौरेका स्थानीयले गरे चुनाव बहिष्कार

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।