विराटनगर । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको भए पनि कोशी प्रदेशको उच्च हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण बिहान तराई क्षेत्रमा हुस्सु लागेपछि दिउँसो साधारण बदली हुने र मौसम सफा रहने छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।