लोड हुँदैछ...

मेनु

मोरङको रंगेलीमा पत्नीको हत्यापछि युवकद्वारा आत्महत्या

मोरङको रंगेलीमा पत्नीको हत्यापछि युवकद्वारा आत्महत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले आफ्नै पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। मंगलबार बिहान करिब २:४५ बजेतिर रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा यो घटना भएको हो।

प्रहरीका अनुसार रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नी २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलको चक्कु प्रहार गरी हत्या गरेका हुन्। मुकेश सोमबार साँझ मात्र ससुराली घर पुगेका थिए। घरायसी विवादका क्रममा मुकेशले पत्नीलाई चक्कु प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

पत्नीको हत्या गरेलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेका थिए। उनको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको छ। हाल प्रहरीले दुवै शवको मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गरिरहेको छ। घटनाको वास्तविक कारण र अन्य पृष्ठभूमिबारे प्रहरीले थप विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।