लोड हुँदैछ...

मेनु

फेरि सक्रिय हुँदै पश्चिमी वायु: देशभर वर्षा र हिमपातको सम्भावना

फेरि सक्रिय हुँदै पश्चिमी वायु: देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय भएसँगै देशभरको मौसममा फेरि बदली हुने भएको छ। गत साताको वर्षा र हिमपातको प्रभाव नसकिँदै अर्को मौसमी प्रणाली भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि सुदूरपश्चिमबाट सुरु भएको यो प्रभाव सोमबार र मङ्गलबार क्रमशः देशभर फैलिनेछ। मङ्गलबारसम्म यसको असर मध्य नेपालसम्म पुग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनुका साथै अन्य भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

यस प्रणालीको मुख्य प्रभाव सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी पर्ने देखिएको छ। बागमती र कोशी प्रदेशका माथिल्लो भेगमा सामान्य असर परेपनि मधेस प्रदेश र तराईका तल्लो भागमा भने प्रभाव न्यून रहनेछ। काठमाडौँमा मङ्गलबार राति छिटपुट वर्षाको सम्भावना छ। वर्षा र हिमपातसँगै देशभर चिसो अझै बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।