लोड हुँदैछ...

मेनु

मेची पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

मेची पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

विराटनगर । झापाको मेचीनगर नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षे चेतन कटुवालको मृत्यु भएको छ ।

भारतबाट नेपाल आउँदै गरेको प्र १–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो । मोटरसाइकल पुलमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds