लोड हुँदैछ...

मेनु

खेत जोतीरहेका किसानको सिरहामा गोली हानी हत्या

खेत जोतीरहेका किसानको सिरहामा गोली हानी हत्या

लहान । गोली प्रहार गरी सिरहा नगरपालिका १ का ४५ वर्षे प्रेमनाथ यादवको हत्या गरिएको छ । गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न सकेको छैन । सिरहा ७ स्थित मैनाबत्ती खोला नजिक खेत जोतिरहेको बेलामा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरले खेत जोतिरहेका थिए ।

गोली लागेर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष महेशकुमार यादवले जानकारी दिए । प्रहरीले कसले किन गोली हानेको हो भन्ने विषय खुलीनसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।