विराटनगर । सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी–१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान–१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने झापाको दमक नगरपालिका–५ स्थितमा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–९ का निरन्जन विश्वकर्मा, अमित मगर र दमक–५ मिन कुमार धिमाललाई ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की, स्पास्पेन ६०० चक्की लागु सहित पक्राउ गरेको छ ।
लागू औषध गाँजा सहित ३ जना पक्राउ
मोरङ र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इनरुवा नगरपालिका–६ स्थितमा चेकजाँचको क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले को। २ ह ६१२५ नम्बरको अटोबाट ९९ किलो १ ग्राम गाँजा बरामद गरे सगै चालक धनकुटा चौबिसे गाउँपालिका–७ का साजन लिम्बु र अटोमा सवार गगन लिम्बुलाई नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे(८ का जीवन नुनियालाई ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिइको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।