लोड हुँदैछ...

मेनु

विराटनगरमा कोशी एलाइट कप क्रिकेट हुने

विराटनगरमा कोशी एलाइट कप क्रिकेट हुने

विराटनगर । विराटनगरमा आगामी माघ १४ देखि १७ गतेसम्म प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताु आयोजना हुने भएको छ। कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा विराटनगरको मेरिलेबन क्रिकेट मैदानमा यो प्रतियोगिता हुन लागेको हो।

आयोजकले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो। प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेका तीन जिल्लाहरू झापा, मोरङ र सुनसरी को सहभागिता रहने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल र मोरङका अध्यक्ष मोहम्मद सादबाबुले प्रतियोगिताका लागि टोलीको तयारी राम्रो रहेको बताए । सोही अवसरमा कोशी प्रदेशको क्रिकेट विकास र प्रवर्द्धनका लागि कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको छ। यस सम्झौताले प्रदेशको क्रिकेट स्तर उकास्न सहयोग पुग्ने फाउन्डेसनका निर्देशक अभिषेक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।