लोड हुँदैछ...

मेनु

स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ । काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले सानदार सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालकी युवा बलर मनीषा उपाध्यायले पहिलो ओभरमै तहल्का मच्चाएकी हुन्।

ग्लोबल छनोटमा आफ्नो डेब्यु खेल खेलिरहेकी मनीषाले पहिलो ओभरमै ३ विकेट लिएर नेपाललाई उत्कृष्ट सफलता दिलाइन्। उनले आफ्नो ओभरको चौथो बलमा स्कटल्यान्डकी ओपनर क्याथरिन ब्राइसलाई एलबीडब्लु को धरापमा पारिन्। लगत्तै उनले डेर्सी कार्टर लगायत अन्य दुई ब्याटरलाई पेभेलियनको बाटो देखाउँदै स्कटल्यान्डको ब्याटिङ लाइनअपलाई ध्वस्त पारिन्।

मनीषाले आफ्नो पहिलो ओभरमा मात्र ६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएकी हुन्। यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले पहिले ब्याटिङ गरिरहेको छ।

घरेलु मैदानमा भइरहेको यो प्रतियोगितामा नेपालले सुरुवाती ओभरदेखि नै स्कटल्यान्डलाई दबाबमा राख्न सफल भएको छ। ताजा अवस्थामा स्कटल्यान्डले नेपालको कसिलो बलिङसामु संघर्ष गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।