लोड हुँदैछ...

मेनु

मानवअधिकार एलायन्स कोशीको अध्यक्षमा थापा

मानवअधिकार एलायन्स कोशीको अध्यक्षमा थापा

विराटनगर । मानवअधिकार एलायन्स कोशी प्रदेशको अध्यक्षमा धनकुटाका निलबहादुर थापा चयन भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न एलायन्सको दोस्रो अधिवेशनले थापालाई तीन वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।

अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय भएपनि हाल ११ जना पदाधिकारी तथा सदस्य चयन भएका छन् । बाँकी ६ जना भने क्षेत्र, भूगोल र जातीय सन्तुलन मिलाएर पछि मनोनीत गरिने एलायन्सले जनाएको छ ।

मानवअधिकार संरक्षण, प्रवर्द्धन तथा उल्लंघनका घटनाविरुद्ध सशक्त आवाज उठाउने उद्देश्यका साथ स्थापित मानवअधिकार एलायन्सले कोशी प्रदेशभर आफ्ना गतिविधि विस्तार गर्ने योजना अघि सारेको छ । नवनिर्वाचित अध्यक्ष थापाले मानवअधिकारको सम्मान र संरक्षणका लागि नागरिक समाज, सरोकारवाला निकाय र राज्य संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कोशी प्रदेशमा मानवअधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने, पीडितलाई न्याय दिलाउन पहल गर्ने तथा संविधानप्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि एलायन्स सक्रिय रहने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।