लोड हुँदैछ...

मेनु

पोल स्टार बोर्डिङ स्कुलले मनायो ३० औं वार्षिकोत्सव

पोल स्टार बोर्डिङ स्कुलले मनायो ३० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर–३, पुष्पलाल चोकमा रहेको पोल स्टार बोर्डिङ स्कुलले शनिबार विविध कार्यक्रमको आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । विद्यालयकै प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव सम्पन्न भएको हो ।

वार्षिकोत्सवको समुद्घाटन प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिक र व्यावहारिक शिक्षा दिएर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले वर्तमान समयमा प्रतिस्पर्धी र संस्कारयुक्त जनशक्ति उत्पादन गर्नु विद्यालयहरूको मुख्य दायित्व रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजकुमार दंगालले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको र आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक गोपलाल रिजालले यहाँ अध्ययन गरेका विद्यार्थीहरू दक्ष र स्वरोजगार बन्न सफल भएकोमा खुसी व्यक्त गरे ।

दीपेन्द्र बाह्रकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिभावकका तर्फबाट मन्तव्य राख्दै दमन पोखरेलले पोल स्टार स्कुलले विद्यार्थीहरूलाई सीप र संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको बताए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले नाटक, गीत तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरी दिनभर मनोरञ्जन प्रदान गरेका थिए । नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुने यस विद्यालयमा हाल ६ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।