विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
पार्टीले महेन्द्रबहादुर शाहीलाई अघि सारेपछि बुढाले बागी उम्मेदवारी दिएका थिए । प्रचण्डको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएर शाहीलाई सघाउन राजी भएका छन् । २०७९ मा सो क्षेत्रबाट शाही नै विजयी भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।