विराटनगर । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको जारी खेलमा आज नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । जारी छनोटको दोस्रो खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन् ।
नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ भने नेपाल थाइल्याण्डसँग पराजित भई आज जित निकाल्ने लक्ष्यसहित मैदानमा भाग लिँदैछ ।
नेपालको प्लेइङ ११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी रहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।