लोड हुँदैछ...

मेनु

उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अघि बढे बालेन

उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अघि बढे बालेन

दमक । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) शाह आफ्नो उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका छन्। दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन्।

बालेनको उम्मेदवारी दर्तालाई लक्षित गरी दमकमा अहिले पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। र्‍याली र नाराबाजीसहित बालेन समर्थकहरूले दमकको सडक भरिएको छ। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेनको रोचक प्रतिस्पर्धा हुने भएपछि आज दमकमा राजनीतिक सरगर्मी र सर्वसाधारणको चासो ह्वात्तै बढेको छ।

उम्मेदवारी दर्ता स्थल वरपरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।