लोड हुँदैछ...

मेनु

मोरङमा टिकट वितरणप्रति रास्वपामा असन्तुष्टि, नेता मण्डलले भने मनिष झाले आफ्नो स्वार्थ पूर्ति गरे

मोरङमा टिकट वितरणप्रति रास्वपामा असन्तुष्टि, नेता मण्डलले भने मनिष झाले आफ्नो स्वार्थ पूर्ति गरे

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा मा रास्वपाको उमेदवार छनौटसम्बन्धी विवाद सतहमा आएको छ ।

त्यो क्षेत्रबाट पार्टीका नेता मनिष झाको निर्देशनमा सम्झना पण्डितलाई हटाएर मधेश प्रदेशको समानुपातिकमा नाम थपेको र प्रत्यक्षमा झाले आफ्नो स्वार्थ पूरा गर्नमा आशा झाको नाम सिफारिस गरेको एउटा पक्षले आरोप लगाएको छ ।

युवा नेता प्रमोद मण्डलले अर्को कारण एउटै क्षेत्रबाट सम्झना पण्डित र आशा झाको नाम सिफारिस गर्दा सिधै फस्ने देखेपछि पन्डितको नाम हटाएको उनले जनाएका छन् । यसबारे उनले सामाजिक सञ्जालमा समेत लेखेका छन् । यसको विरोधमा मंगलबार नेपाल पत्रकार महासंघको हलमा मोरङ नम्बर ५ का रास्वपाका नेता तथा कार्यकर्ता उपस्थित भई यसबारे प्रस्ट पार्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds