विराटनगर । नेपाली काँग्रेसलले भोजपुर र संखुवासभाका उम्मेदवार पनि टुंगो लगाएको छ । यसअघि १२ निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको काँग्रेसले अब झापा, मोरङ र सुनसरीका उम्मेदवार टुंगो लगाउन बाँकी छ ।
सभापति गगन थापा नेतृत्वको संसदीय बोर्डले भोजपुरमा बालकृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसका पूर्व जिल्ला पार्टी सभापति थापाले अब एमालेका शेरधन राई र नेकपाका अजम्बर काम्माङसँग प्रतिस्पर्धा गर्नेछन् ।
गत निर्वाचनमा भोजपुरबाट तत्कालीन माओवादी केन्द्रका सुदन किराती बिजयी भएका थिए । उनी अहिले प्रगशितल लोकतान्त्रिक पार्टीमा रहेका छन् । उनले भने चुनाब नलड्ने घोषणा गरेका छन् ।
यस्तै संखुवासभामा दिपनकुमार श्रेष्ठलाई काँग्रेसले उम्मेदवार बनाएको छ । उनी काँग्रेसको हालै सम्पन्न विषेश महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा संखुवासभाबाटै काँग्रेसकै दिपक खड्का उम्मेदवार बनेका थिए । उनले टिकट पाएनन् ।
संखुवासभाबाट एमालेलले अर्जुन कार्की र नेकपाले सरिता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
काँग्रेसले धनकुटामा जिल्ला सभापति दिनेश राईलाई उम्मेदवार बनाएको छ भने तेह्रथुममा जिल्ला सचिव सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ । यस्तै, पाँचथरमा नरेन्द्र केरुङ, ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, इलाम १ मा निष्कल राई, इलाम २ मा भेषराज आचार्य, उदयपुर १ मा विदुर बस्नेत र उदयपुर २ मा रामकुमार राईलाई उम्मेदवार बनाएको छ ।
यस्तै, खोटाङमा वीरकाजी राई, ओखलढुंगामा रामहरि खतिवडा, सोलुखुम्बुमा प्रकाशजंग कार्की, मोरङ ३ मा सुनिल शर्माले टिकट पाएका छन् । अब झापा, मोरङ र सुनसरीका १४ क्षेत्रको उम्मेदवार काँग्रेसले टुंगो लगाउन बाँकी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।