काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा राजस्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताका रूपमा चर्चामा रहेका शाहले सो क्षेत्रको चुनावी टिकट प्राप्त गरेका हुन् ।
पार्टीको विशेष सांगठनिक कार्यक्रमका लागि जनकपुर पुगेका रास्वपा सभापति रवि लामिछानेले शाहलाई सो टिकट हस्तान्तरण गरेका हुन् । लामिछाने र शाह दुवै पार्टीको वृहत् आमसभालाई सम्बोधन गर्न जनकपुर पुगेका थिए । सोही अवसरमा सभापति लामिछानेले बालेनलाई झापा–५ को जिम्मेवारी सुम्पिएका हुन् ।
झापा क्षेत्र नम्बर ५ राजनीतिक रूपमा निकै महत्वपूर्ण क्षेत्र मानिन्छ । रास्वपाले शाह जस्तो प्रभावशाली व्यक्तित्वलाई सो क्षेत्रमा उतारेपछि चुनावी सरगर्मी निकै बढ्ने अनुमान गरिएको छ । टिकट बुझेपछि नेता शाहले पार्टीको विश्वासलाई आत्मसाथ गर्दै जनताको सेवामा समर्पित हुने बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।