विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मोरङ जिल्लाका सबै ६ वटै निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवारहरूको नामावली टुंगो लगाएको छ ।
नेकपाले सार्वजनिक गरेको नामावली अनुसार मोरङको क्षेत्र नं. १ मा कूल प्रसाद साम्बा (लिम्बू), क्षेत्र नं. २ मा चन्द्रवीर राई र क्षेत्र नं. ३ मा डा. देउमान सम्बाहाम्फेलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी, क्षेत्र नं. ४ र ५ मा पार्टीले यसअघि नै एकल सिफारिस गरिएका प्रभावशाली नेताहरूलाई टिकट दिएको छ । क्षेत्र नं. ४ बाट पूर्वमन्त्री अमन मोदी र क्षेत्र नं. ५ बाट अर्का पूर्वमन्त्री शिव कुमार मण्डल चुनावी मैदानमा उत्रिने भएका हुन् ।
त्यस्तै, मोरङ क्षेत्र नं. ६ मा मजदुर नेता ओपेन्द्र रायलाई उम्मेदवार बनाउने निर्णय भएको छ । लामो समयदेखि मजदुर संगठनमा रहेर राजनीति गर्दै आएका रायलाई पार्टीले यसपटक चुनावी प्रतिस्पर्धामा उतारेको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।