विराटनगर। नेकपा एमालेले आगामी निर्वाचनका लागि कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट वितरण गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश समेत रहेकाले यहाँको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट उम्मेदवार बन्ने भएका छन्। सभामुख समेत रहेका देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बन्दा इलाम–२ मा सुहाङ नेम्वाङले टिकट पाएका छन्। यसअघि बाँकी राखेका ६ वटा निर्वाचन क्षेत्रमा पनि एमालेले टिकट वितरण गरेको जनाएको छ ।
कोशी प्रदेशका जिल्लागत उम्मेदवारहरूको विवरण यसप्रकार छः
झापा:
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. हरि राजवंशी
४. एलपी सावा
५. केपी शर्मा ओली
इलामः
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
सुनसरीः
१. सूर्य पन्दाक
२.रेवतीरमण भण्डारी
३. भगवती चौधरी
४. अबुल हुसेन
मोरङः
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. ईरान राई
४. जीवन घिमिरे
५. मनोज अग्रवाल
६. विनोद ढकाल
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
पाँचथरः ऐन्द्रसुन्दर नेम्वाङ
ताप्लेजुङः क्षितिज थेबे
धनकुटाः राजेन्द्र राई
तेह्रथुमः भानुभक्त ढकाल
सङ्खुवासभाः डा. अर्जुन कार्की
भोजपुरः शेरधन राई
सोलुखुम्बुः कल्पना राई
ओखलढुङ्गाः अस्मिता थापा
खोटाङः देवविक्रम राई




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।