विराटनगर । सुनसरी क्षेत्र नं. ४ मा एमालेले जगदिशप्रसाद कुसैतलाई दिएको टिकट खोसेको छ ।
गत शनिबारको सचिवालय बैठकले कुसियतलाई सुनसरी ३ मा उम्मेदवार बनाउने निर्णय गरेकोमा आइतबार सच्याएर सुनसरी ४ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
अहिले कुसियैतको टिकट खोसेर कांग्रेसबाट सोमबार मात्र एमालले प्रवेश गरेका आब्बुल अन्सारी थमाएको छ । कांग्रेसबाट टिकटका आकांक्षी आब्बुलले उम्मेदवार बन्न नपाउने भएपछि एमाले प्रवेश गरेका थिए ।
जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि भर्खरै पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका छन् । गत चुनावमा तत्कालीन सञ्चारमन्त्री कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग कुसियैत ११२ भोटको झिनो मतान्तरले पराजित भएका थिए ।
एमाले सुनसरीका इन्चार्जसमेत रहेका कुसियैतले आफू उम्मेदवारीबाट ब्याक नहुहने बताएका छन् । उनको असन्तुष्टिलाई साम्य पार्न सुनसरी २ मा उठाएर रेवतीरमण भण्डारीलाई ब्याक गर्र्ने संभावना रहेको एमाले स्रोतले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।