लोड हुँदैछ...

मेनु

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिका भ्रमणको विषयलाई लिएर विवादमा परेपछि उनले राजीनामा बुझाएका हुन् ।

गत कात्तिक ९ गते मन्त्री नियुक्त भएका गुप्ताको अमेरिका जाने तयारीलाई लिएर चौतर्फी आलोचना भएको थियो । मन्त्रीको भ्रमणको विषयमा प्रधानमन्त्री सुशीला कार्की समेत असन्तुष्ट भएपछि उनले पद छोड्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री र मन्त्रीबीचको समन्वय अभाव र भ्रमण विवादले उनी नैतिक दबाबमा परेका थिए ।

आफूले राजीनामा बुझाइसकेको पुष्टि गर्दै मन्त्री गुप्ताले भने, ‘मैले राजीनामा बुझाइसकेको छु । आज सार्वजनिक बिदा भएका कारण दर्ता हुन भने पाएन, भोलिसम्ममा स्वीकृत होला ।’

छोटो कार्यकालमै विवादमा परेर बाहिरिनुपरेका गुप्ताले आफ्नो राजीनामाको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् । उनको राजीनामासँगै अब युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds