विराटनगर । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।
पार्टीले प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम चयन गर्दै चुनावी प्रतिस्पर्धाका लागि आफ्ना नेताहरूलाई मैदानमा उतारेको हो । एमालेको निर्णय अनुसार मोरङ क्षेत्र नं. १ बाट नेता घनश्याम खतिवडाले उम्मेदवारी दिनेछन् भने क्षेत्र नं. २ बाट दिलीप कुमार बगेडिया अग्रवाल चुनावी मैदानमा हुनेछन् ।
त्यसैगरी, मोरङ क्षेत्र नं. ३ मा इरान राईलाई उम्मेदवार बनाइएको छ । शनिबार बसेको एमाले सचिवालयको बैठकले सो क्षेत्रमा दिलिप राईलाई उम्मेद्वार बनाउने घोषणा गरेको थियो । आज उनको ठाउँमा इरान राईलाई टिकट दिने निर्णय भएको हो । यस्तै क्षेत्र नं. ४ बाट जीवन घिमिरेले टिकट पाउँदा क्षेत्र नं. ५ बाट मनोज अग्रवाल र क्षेत्र नं. ६ बाट विनोद ढकाललाई पार्टीले प्रत्यक्षतर्फको उम्मेदवार चयन गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।