लोड हुँदैछ...

मेनु

ताप्लेजुङमा क्षितिज थेबेलाई दिए ओलीले टिकट, योगेश आउट

ताप्लेजुङमा क्षितिज थेबेलाई दिए ओलीले टिकट, योगेश आउट

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि ताप्लेजुङमा क्षितिज थेवेलाई टिकट दिएका छन् ।

अघिल्ला दुई निर्वाचनमा एमाले उपमहासचिव योगेश भट्टराईले जितेको सो क्षेत्रमा ओलीले आफ्ना सहयोगी थेबेलाई उम्मेदवार बनाएका ह्ुन् ।

शनिबार बसेको सचिवालय बैठकमा ताप्लेजुङको टिकट अध्यक्ष केपी शर्मा ओलीले टुंग्याउने निर्णय भएको थियो । उपमहासचिव भट्टराईले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेपनि ओलीले ‘फिल्डमा तपाईको राम्रो छैन’ भन्दै उनलार्ई टिकट नदिने संकेत गरेका थिए । त्यसको लागि उनले निर्णय गर्ने अधिकार आफैंमा केन्द्रित गरेका थिए ।

युवा संघका अध्यक्षसमेत रहेका थेबे १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । भट्टराई भने ईश्वर पोखरेलको नेतृत्वमा रहेको टिमबाट उम्मेदवार भएर उपमहासचिव निर्वाचित भएका थिए ।

भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् । पोखरेलको टिमबाट उम्मेदवार भएर उपाध्यक्ष जितेका गोकर्ण विस्टलाई भने ओलीले उम्मेदवार बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds