विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाउन थालेको छ ।
स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनौट समितिले उम्मेदवार टुंगो लगाउन थालेको हो । रास्वपाका अनुसार झापा ५ मा बालेन्द्र शाह (बालेन) र झापा १ मा निशा डाँगीको नाम टुंगो लागेका छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख रहेका बालेनले आइतबार मात्र पदबाट राजीनामा दिएका थिए । उनलाई रास्वपाले पार्टीको वरिष्ठ नेता बनाउँदै आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ । उनले एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्नेछन् । सो क्षेत्रबाट नेकपाले युवा उम्मेदवार रञ्जीत तामाङलाई अगाडि सारेको छ ।
विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी निशा डाँगीलाई रास्वपाले झापा १ को उम्मेदवार बनाउने भएको छ । यसअघि उनी झापा २ मा उम्मेदवार हुने चर्चा थियो । झापा १ मा गत गत प्रतिनिधिसभामा काँग्रेसका विश्वप्रकाश शर्माले चुनाब जितेका थिए । उनले यो निर्विाच्न नलड्ने घोषणा गरेका छन् ।
झापा २ मा रास्वपाबाट विघटित प्रनिधिसभाकी उपसभामुख ईन्दिरा राना मगर उम्मेदवार बन्ने संभावना छ । यद्यपी उनको नाम टुंगो लागिनसकेको पार्टीका केन्द्रीय सदस्य मिलन लिम्बूले जानकारी दिए । सो क्षेत्रबाट एमालेले सभामुख देवराज घिमिरेलाई उम्मेदवार बनाउँदैछ ।
झापा क्षेत्र नम्बर ३ मा पार्टी जिल्ला सभापति प्रकाश पाठक उम्मेदवार बन्ने भएका छन्। उनी अघिल्लो पटक त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवार भएका थिए । सो क्षेत्रबाट एमालेको सहयोगमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाब जितेका थिए । झापा क्षेत्र नम्बर ४ मा पार्टी जिल्ला सचिव शम्भु सुस्केरा उम्मेदवार बन्ने रास्वपाले जनाएको छ ।
रास्वपाले इलाम २ मा गोकुल राई, पाँचथरमा महेन्द्रबिक्रम थाम्सुहाङ र ताप्लेजुङमा विरेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । अन्य क्षेत्रका उम्मेदवार आज राति वा भोलिसम्म टुंगो लाग्ने पार्टीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।