लोड हुँदैछ...

मेनु

एमालेले मोरङको क्षेत्र नम्बर ५ मा अग्रवाल र ६ मा ढकाल उम्मेद्वार बन्ने पक्का

एमालेले मोरङको क्षेत्र नम्बर ५ मा अग्रवाल र ६ मा ढकाल उम्मेद्वार बन्ने पक्का

विराटनगर । नेकपा एमालेले मोरङका बाँकी रहेका दुई क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मोरङ क्षेत्र नम्बर ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई एमालेले उम्मेदवार बनाउने भएको हो ।

एमालेका एक पदाधिकारीका अनुसार यो विषयमा निर्णय भइसकेको जनाइएको छ । यद्यपि निर्णय भने सार्वजनिक गरिएको छैन् ।

मोरङ ५ मा यसअघि स्वतन्त्र सांसद योगेन्द्र मण्डल निर्वाचित भएका थिए । मोरङ ६ मा भने एमालेले यसअघि लालबाबु पण्डितलाई उम्मेदवार बनाउँदै आएको थियो । पण्डितले उम्मेदवार नबन्ने बताएपछि ढकाललाई अघि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds