लोड हुँदैछ...

मेनु

विवादपछि झापा ४ का एमाले उम्मेदवार परिवर्तन

विवादपछि झापा ४ का एमाले उम्मेदवार परिवर्तन

विराटनगर । नेकपा एमालेले झापा क्षेत्र नं. ४ बाट एलपी साँवालाई नै उम्मेदवार बनाउने भएको छ ।

शनिबारको सचिवालय बैठकले मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सचिवालयको निर्णयप्रति कार्यकर्ता पंक्तिबाटै चर्को आलोचना भएपछि साँवालाई नै उम्मेदवार बनाउने निर्णय अध्यक्ष केपी ओलीले गरेका हुन् । सावाले सो क्षेत्रबाट लगातार दुई चुनाव जितेका छन् ।

एमालेको गत महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षी भएपनि ओलीको सूचीमा नपरेपछि उनले उम्मेदवारी दिएका थिएनन् । ताम्ली भने केन्द्रीय सदस्य भएका थिए ।

केन्द्रीय सदस्य पनि बन्न नदिएको र उम्मेदवार पनि नबनाएको भन्दै साँवा समर्थक एमाले कार्यकर्ता आक्रोशित बनेका थिए । आन्तरिक आलोचनापछि ताम्लीलाई उम्मेदवार बनाउने निर्णय एमालेले परिवर्तन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds