लोड हुँदैछ...

मेनु

ओलीसँग राप्रपाले गठबन्धन गरे बागी उम्मेदवारी दिने संग्रौलाको घोषणा

ओलीसँग राप्रपाले गठबन्धन गरे बागी उम्मेदवारी दिने संग्रौलाको घोषणा

विराटनगर । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले झापाका ४ क्षेत्रको उम्मेदवार टुंगो लगाएर झापा ३ खाली राख्दा राप्रपाका कार्यकर्ता सशंकित भएका छन् ।

अघिल्ला निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको लागि खाली गर्दै आएको झापा ३ मा यो पटक पनि एमालले उम्मेदवार टुंगो नलगाएपछि एमाले र राप्रपाको यो पटक पनि गठबन्धन हुने अनुमान गरिएको छ ।

२०७४ र २०७९ को निर्वाचनमा एमालेले झापा ३ मा लिङ्देनलाई सहयोग गरेको थियो भने अध्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गरेको थियो । आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न राप्रपाको सहयोग लिनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ३ खाली गरेको आशंका एमाले र राप्रपाकै कार्यकर्ताले गरेका छन् ।

एमालेले झापा ३ खाली राखेपछि राप्रपासँग गठबन्धन हुन लागेको विषयमा राप्रपाका केन्द्रीय सदस्य लक्ष्मी संग्रौलालले भने अस्वीकार गरेका छन् । ‘यो पटक तालमेल हुँदैन, त्यो पनि केपी ओलीसँग कुनै संभावना छैन’ संग्रौलाले भने, ‘जेनजी आन्दोलनमा युवाहरुको हत्या गर्ने व्यक्तिसँग तालमेल हुँदैन, हाम्रो केन्द्रीय समितिले तालमेल नगर्ने निर्र्णय गरिसकेको छ ।’

संग्रौला झापा ५ बाट राप्रपाको उम्मेदवार सिफारिस भएका छन् । उनले आफू चुनाबी अभियानमा लागिसकेको बताउँदै यो पटक एमालेलाई भोट नहाल्ने स्पष्ट पारे । जबरजस्ती तालमेल गरिएमा स्वतन्त्र उम्मेदवारी दिने उनको भनाइ छ । ‘कार्यकर्ताको भावना विपरित गठबन्धन भएमा म स्वतन्त्र उम्मेदवार बन्छु’ उनले भने ।

झापा ५ को स्थानीय बासिन्दा भएको र यहाँको बस्तुस्थिति बुझेको कारण आफू विजयी बन्ने संग्रौलाको दावी छ । ‘यो पटक पाहुना उम्मेदवारलाई झापा ५ ले विदा गर्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds