लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा चुनाव लड्न नारायणकाजी श्रेष्ठले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

प्रतिनिधिसभा चुनाव लड्न नारायणकाजी श्रेष्ठले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीस्वरूप उनले राजीनामा दिएका हुन् ।

श्रेष्ठले दिएको राजीनामाका बारेमा संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन् । श्रेष्ठले आगामी निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी थालेका छन् ।

वि.सं. २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठको ६ वर्षे कार्यकाल आगामी फागुन २१ गते सकिँदै थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन उनले कार्यकाल सकिनु अगावै राजीनामा दिएका हुन् ।

यसैबीच, राष्ट्रियसभाका अर्का सदस्य वामदेव गौतमले पनि राजीनामा दिने तयारी गरेका छन् । गौतमले बर्दियाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने योजना बनाएको बुझिएको छ । श्रेष्ठ र गौतम दुवै नेता राष्ट्रियसभा छोडेर पुनः संसद्को तल्लो सदन (प्रतिनिधिसभा) मा प्रवेश गर्ने दाउमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds