काठमाडौँ ।नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो प्रतियोगिताका रूपमा हेरिएको ुआईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटु आज ९आइतबार० देखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ।
नेपालले घरेलु मैदानमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। यस ऐतिहासिक अवसरलाई थप उत्साहजनक बनाउन नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकका लागि मैदानमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज आयोजक नेपालले थाइल्यान्डको सामना गरिरहेको छ। खेलमा थाइल्यान्डले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ। नेपाली महिला टोली अहिले घरेलु दर्शकको साथबीच क्रिजमा उत्रिएको छ।
ग्लोबल छनोटमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ुबीु मा रहेको छ। नेपालको समूहमा थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता बलिया टोलीहरू छन्।
त्यसैगरी, समूह ुएु मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका रहेका छन्। दुवै समूहका शीर्ष तीन–तीन टोलीले ुसुपर सिक्सुमा स्थान बनाउनेछन्। सुपर सिक्स चरणबाट उत्कृष्ट हुने चार टोलीले सिधै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
इन्दु बर्मा (कप्तान), विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र सुमन विष्ट।
विश्वकप यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको यो प्रतियोगिताले नेपाली महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।