लोड हुँदैछ...

मेनु

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको शनिबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच रोहित पौडेलको कप्तानीमा रहेको टोलीलाई शुभकामनासहित बिदाइ गरेको हो।

नेपाली टोली आइतबार प्रस्थान गर्नेछ। विश्वकप सुरु हुनुअघि नेपालले श्रीलंकामा श्रीलंका ए र भारतमा मुम्बईको टोलीसँग अभ्यास खेल खेल्ने तालिका छ। बिदाइ कार्यक्रममा क्यान सचिव पारस खड्का, अध्यक्ष चतुरबहादुर चन्द र प्रशिक्षक स्टुअर्ट लले टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको र विश्वकपमा नेपाली समर्थकलाई गर्व महसुस गराउने प्रतिबद्धता जनाए। विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।