लोड हुँदैछ...

मेनु

तीन पोखरी कप आमन्त्रित फुटबल : उपाधी सेकाहाको पोल्टामा

तीन पोखरी कप आमन्त्रित फुटबल : उपाधी सेकाहाको पोल्टामा

खाँदबारी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीन पोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी सेकाहाले जितेको छ ।

माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको तेस्रो तीन पोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

खाँदबारी रंगशालामा बिहीबार भएको फाइनल खेलमा मकालु फेन्डस क्लवलाई हराउँदै सेकाहा सामुदायिक विकास क्लव तेस्रो तीन पोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी जितेको हो ।

खेलमा घरेलु टिम सेकाहा सामुदायिक विकास क्लवले २–१ गोल अन्तरले मकालुलाई पराजित गर्दै प्रतियोगिताको उपाधी चुमेको हो । मकालुका जिवन मास्के मगरले पहिलो हाफको ७ औं मिनेटमा पहिलो गर्दै खेललाई अग्रता दिलाएका थिए । तर सेकाहाका रोशन आचार्यले ८ औं मिनेटमा १ गोल गर्दै खेललाई बराबर बनाए । सेकाहाका अनिष धामीले पहिलो हाफको २५ औं मिनेट थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टिमल गोल गर्न सकेनन् । योसँगै सेकाहाले उपाधि जितेको हो ।

प्रतियोगिताको विजयी टिम सेकाहाले नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्रप्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको मकालु फेन्डस क्लवले नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाणप्राप्त गरेको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्न हुदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले खेलकुद मनोरञ्जन मात्र नभएर अनुशासन र सामाजिक परिवर्तनको माध्यम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।