लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा निर्वाचन : आज देशभर १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

प्रतिनिधिसभा निर्वाचन : आज देशभर १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि आजदेखि देशभरका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।

आगामी ६ माघमा हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन दर्तालाई लक्षित गरी आयोगले आज सबै क्षेत्रमा कार्यालय खोलेर कर्मचारी खटाउने तयारी गरेको हो । आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू विधिवत् रूपमा सञ्चालनमा आउनेछन् ।

निर्वाचन सम्पन्न गर्न आयोगले यसअघि नै ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतहरूको नाम तय गरिसकेको छ । मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीशहरूलाई जिम्मेवारी दिइएको छ भने निर्वाचन अधिकृतमा न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरू नियुक्त भएका छन् ।

न्याय परिषद्सँगको परामर्शमा नियुक्त भएका यी अधिकृतहरूलाई प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी जिम्मेवारी तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै सम्बन्धित क्षेत्रमा निर्वाचनको प्रशासनिक काम, उम्मेदवारी दर्ता, दाबी विरोध र निर्वाचन सामग्रीको व्यवस्थापन जस्ता कार्यहरू अगाडि बढ्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।