लोड हुँदैछ...

मेनु

गगन थापा निर्विरोध सभापति निर्वाचित भइसके कारबाहीको अर्थ छैन् हिमाल कार्की

गगन थापा निर्विरोध सभापति निर्वाचित भइसके कारबाहीको अर्थ छैन्  हिमाल कार्की

विराटनगर । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूलाई केन्द्रीय समितिले कारबाही गरेपछि महाधिबशेसन स्थलमा रहेका नेताहरुले गगन थापा निर्विरोध सभापति निर्वाचित भइसकेको भन्द कारबाहीको कुनै अर्थ नहुने बताएका छन् ।
कोशी प्रदेशका पूर्वमन्त्री एवं कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीलेपार्टी नफुटेको बरु केही व्यक्तिहरूले मात्रै साथ छोडेको बताए । केन्द्रीय समितिले गरेको कारबाहीलाई चुनौती दिँदै उनले हिजो नै भंग भइसकेको समितिले गरेको निर्णयको कुनै अर्थ नरहने जिकिर गरे।

‘हिजो नै भंग गरिसकेको समितिले कारबाही गरेर केही हुनेवाला छैन,’कार्कीले भने, ‘हामीले मधेस समितिलाई भंग गरेर नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढाइसकेका छौँ। यस भेलामा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता छ ।’

कार्कीले पार्टी विभाजनको कुरालाई नकार्दै नयाँ नेतृत्व चयन भइसकेको दाबी गरे । उनले भने, ‘पार्टी कसरी फुट्छ? कसैले पार्टी छोडेका होलान्। हाम्रो भेलाबाट गगन कुमार थापा निर्विरोध सभापति निर्वाचित भइसक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds