खाँदबारी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा सेकाहा फाइनल प्रवेश गरेको छ । खाँदबारी रंगशालामा जारी प्रतियोगितामा सित्तलपाटी फुटबल क्लवलाई हराउँदै सेकाहा सामुदायिक विकास क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि भएको ट्राइब्रेकरमा सित्तलपाटी फुटबल क्लवलाई सेकाहाले ४ का विरुद्ध ५ गोल गर्दै उपाधी नजिक पुगेको हो । माघ १ गते खाँदबारी रंगशालामा हुने फाइन खेलमा उपाधीका लागि मकालु फेन्डस क्लव र सेकाहा सामुदायिक विकास क्लव बिच प्रतिस्पर्धा हुनेछ ।
माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विभागीय टिम ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर, चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफी, मेडल, प्रमाण पत्र, उपविजेतालाई नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पाउने छन् । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।