काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले नयाँ निर्वाचन समिति गठन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा नयाँ निर्वाचन समिति गठन गरेको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो । तर, विशेष महाधिवेशन पक्षधरले उक्त पुरानो समितिलाई भंग गरी केसीको नेतृत्वमा नयाँ टोलीलाई निर्वाचनको जिम्मेवारी सुम्पिएको हो ।
हाल भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ । बन्दसत्रमा सहभागी नेताहरूका अनुसार नयाँ निर्वाचन समिति गठन भएसँगै अब महाधिवेशनका बाँकी निर्वाचन प्रक्रियाहरू सुरु गरिनेछ । नयाँ समितिले कार्यतालिका बनाएर निर्वाचनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।