संखुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा मकालु फाइनल प्रवेश गरेको छ । खाँदबारी रंगशालामा जारी प्रतियोगितामा चुलाचुली स्पोटिङ क्लव झापालाई २–० ले हराउँदै मकालु फेन्डस क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
पहिलो हाफमा दुबै टिम गोल रहित बराबर खेलका थिए । दोस्रो हाफको ९ आंैं मिनेटमा जीवन मास्के मगरले पहिलो गोल गर्दै मकालुलाई अग्रता दिलाएका थिए । त्यस्तैगरी सागर कटुवालले दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै मकालु फेन्डस क्लवको बिजयी यात्रालाई बलियो बनाए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । मङ्गलबार सेकाहा फुटबल क्लव र सित्तलपाटी फुटबल क्लव बीच प्रतिस्पर्धा हुनेछ ।
माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता माघ १ गते समापन हुनेछ ।
प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर, चुलाचुली स्पोटिङ क्लव दमकसहित कोशी प्रदेशका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ र उपविजेतालाई नगद १ लाख २१ हजार रुपैयाँ पाउने छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।